भीमेश्वर नगरपालिकामा ‘नागरिक वैज्ञानिक’ तालिम सुरु

...
News & Press Release
Gaurishankar News

Gaurishankar News

Aug 16,2024

चरिकोट । भीमेश्वर नगरपालिकाको ९ वटै वडामा ‘पुर्व सुचना प्रणाली व्यवस्थापन’ लाई प्रभावकारी र तथ्यगत सूचना प्रवाहका लागि नागरिक वैज्ञानिक तालिम सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिममा ४६ जना स्थानीय नागरिकहरु सहभागी भएका छन् ।

‘पूर्वानूमानमा आधारित पुर्वकार्य गर्नका निमित नागरिक प्रयोगबाट मापन तथा दृश्यावलोकनका लागि नागरिक वैज्ञानिक प्रशिक्षण तालिम आयोजना गरिएको आईएचएचआरका निर्देशक सुरज गौतमले बताए ।

                  

नेपालको पहाडि जिल्ला दोलखाको भीमेश्वर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा यो प्रविधिको परिक्षण भइरहेको छ । दोलखामा बर्षाबाट हुन सक्ने सम्भावित पहिरो र तराईमा बाढि मापनको लागि नागरिक वैज्ञानिकहरुले स्थानीयतहबाट काम गर्ने निर्देशक गौतमको भनाइ छ ।

अहिले विश्वभरि नै नागरिक वैज्ञानिक तालिम, यसको महत्व र काम गर्ने संघ संस्थाहरुबाट पनि प्रतिनिधित्व रहेको छ ।
इस्टिट्युट अफ हिमालयन रिक्स रिडक्सटन, एसफोडब्लु नेपालको आयोजना, एडिपिसिको सहयोग र भीमेश्वर नगरपालिकाको समन्वयमा तालिम सञ्चालन भएको हो । तालिम भोलिसम्म सञ्चालन हुनेछ ।

नागरिक वैज्ञानिकहरुले वर्षातको समयमा बाढीबारे पूर्व सूचनाका लागि स्वतःस्फूर्त रुपमा काम गर्नेछन् ।
थोरै खर्चमा समुदायमा लाभान्वित हुने उद्देश्यले परिचालित युवा युवतिको सहयोगबाट हरेक वडामा पहिराेबाट सर्तकता अपनाउन सहज हुने नगरपालिकाको ई.सुरेश राउतले जानकारी दिए ।

तालिम लिएका नागरिकहरुले पहिराे पूर्व सूचना संकलन गरेर ‘भिक्टोर’एप मार्फत जानकारी गराएर समुदायलाई नै लाभान्वित गर्न सक्ने जनशक्ति तयार हुने आईएचएचआरले जनाएको छ ।

       

 

Recent Post

Similar post that you may be intrested in